सुदूर नेपाललाई विश्वसँग जोड्दै

रेशमले रन्जिता र निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दा हेर्न नभ्याइने

२०८१ वैशाख ९, ०४:५८ खबर संवाददाता

काठमाडौंः नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी र निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दामा आज सुनुवाइ भएन। मुद्दालाई हेर्न नभ्याइने सूचीमा राखिएको छ।

मुद्दाको सुनुवाइका लागि पेशी न्यायाधीशद्वय आनन्दमोह भट्टराई र विनोद शर्माको संयुक्त इजलासमा तोकिएको थियो। वैशाख ४ गते हेर्ने नभ्याइने सूचीमा राखिएको सो मुद्दा वैशाख ७ गते अन्य आदेश जारी गरेको  थियो। त्यसअघि चैत्र २५ गते सर्वोच्चले नागरिक उन्मुक्तिको अध्यक्षमा चौधरीलाई  मान्यता नदिनुको कारण पेश गर्न आदेश दिएको थियो।

गत पुस २७ गते सम्पन्न नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेशनले चौधरीलाई सर्वसहमत रुपमा अध्यक्षमा निर्वाचित गरेको थियो। अधिवेशनपछि उनले अध्यावधिका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए। तर,निर्वाचन आयोगले फागुन २४ गते चौधरीलाई मान्यता नदिने र श्रेष्ठलाई नै कायम गर्ने निर्णय गरेको थियो।
 

कमेन्ट लोड गर्नुस