सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री दाहाल सुदूरपश्चिम आउँदै

२०८१ वैशाख ९, १०:०७ खबर संवाददाता

धनगढीः प्रधानमन्त्री पुष्पकमल दाहाल सुदूरपश्चिम आउँदैछन्।

उनी सुदूरपश्चिम विश्वविद्यालयले आज आयोजना गर्ने चौथो दीक्षान्त समारोहका लागि सुदूरपश्चिम आउन लागेका हुन्। सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रधानमन्त्री सहभागि हुने कार्यक्रम तय भएको छ।

कञ्चनपुरस्थित विश्वविद्यालयमा कुल एक हजार तीन सय ३७ विद्यार्थीमध्ये तीन सय ७६ जना प्रत्यक्ष दीक्षित हुने छन्।

कमेन्ट लोड गर्नुस