सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीका दुई जनाको भान्सा घरमा आगलागी

२०८१ वैशाख ८, ०९:४७ खबर संवाददाता

धनगढीः कैलालीमा दुई जनाको भन्सा घरमा आगलागी भएको छ।

जिल्लाको गोदावरी नगरपालिका–९ बल्मीका दुई स्थानीयको टीनले छाएको कच्ची भान्सामा आज(शनिवार) आगलागी भएको हो।

आगलागीबाट भान्सा कोठाभित्र रहेका सरसामान जली अन्दाजी एक लाख तीस हजार बराबरको क्षती भएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ। आगलागीको कारण खुलेको छैन्। घटनाको पुर्ण विवरण आउन बाँकी रहेको केन्द्रले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस