सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एकै दिन १५ जनाको गहुँबालीमा आगलागी

२०८१ वैशाख ८, ०९:०६ खबर संवाददाता

धनगढीः कैलालीमा एकैदिन १५ जनाको गहुँबालीमा आगलागी भएको छ। जिल्लाको जोशीपुर गाउँपालिका–६ पकरीयाका १५ जनाको गहुँमा आगलागी भएको हो।

सोहि ठाउँकी २४  वर्षीया विपना गड्सीलाले फोहोर जलाउने क्रममा गहुँबालीमा आगलागी भएको इलाका प्रहरी कार्यालय जोशीपुरका प्रहरी निरीक्षक गणेश थापाले बताए। आगलागीबाट करिब सात विघा दुई कठ्ठा जमिनमा लगाइएको गहुँबालीमा क्षती पुगेको छ।

सबै भन्दा बढी महाराज कठरीयाको एक विघा, हरीचन्द्र वडायक र रामबहादुर महतोको समान १५।१५ कठ्ठामा लगाएको गहुँबालीमा क्षती पुगेको छ। घटनाको पुर्ण विवरण प्राप्त भएको छैन्। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस