कैलालीमा मनोरोगी महिलालाई जबरजस्तीकरणी गर्ने एक जना पक्राउ

२०७६ जेठ १०, ०७:४२
सुस्थ मनस्थिति तथा अपागंता भएकी महिलालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन्। २० वर्षीया महिलालाई घर नजिकै रहेको बाटो छेउमा ललाई फकाई गरि जबरजस्ती करणी गरेको भन्ने सुचनाको आधारमा कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैया बस्ने ७० वर्षीय रामलाल बिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। विक विरुद्ध जवरजस्ती करणीको मुद्धामा जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।





कमेन्ट लोड गर्नुस