सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपति रनिङ सिल्डमा सुदूरपश्चिमको टिम च्याम्पियन

२०८१ वैशाख ७, ०६:२३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश १४ औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार पहिलोपटक टिम च्याम्पियन बनेको छ।

१४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुदूरपश्चिम प्रदेश पहिलो भएको हो। काठमाडौंमा सम्पन्न प्रतियोगितामा ६ वटै प्रदेशलाई पछि पार्दै सुदूरपश्चिम पहिलो भएको हो। सुदूरपश्चिमले १९ स्वर्ण, १२ रजत र १८ कास्यसहित ४९ पदक जितेको हो।

यस्तै दोस्रो भएको बागमतीले ४५ र  तेस्रो स्थान हासिल गरेको कर्णाली प्रदेशले ३१ पदक हात पारेको छ। प्रतियोगितामा कोशी प्रदेशले २६, लुम्बिनीले ३५, गण्डकीले २६ र मधेस प्रदेशले १८ पदक जितेको छ।

कमेन्ट लोड गर्नुस