सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको लोकसभा निर्वाचनमा नरेन्द्र मोदी विजयी

। फोटो स्रोत ।
२०७६ जेठ १०, ०७:२२ खबर संवाददाता

भारतको १७औँ लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीको गठबन्धन विजयी भएको छ। जारी मतगणनाले भाजपा एक्लै बहुमत र एनडीए गठबन्धन ३४८ सिटमा जित देखाएको छ। चुनावमा पश्चिम बंगालमा भाजपाले ऐतिहासिक सफलता पाएको छ भने उत्तर प्रदेशमा महागबन्धनले धेरै क्षति र्पुयाउन सकेन।

नितिशकुमारको साथ पाएपछि भाजपाले विहारमा पनि आफ्नो बलियो उपस्थिति कायमै राख्यो। मोदीको गृह प्रदेश गुजरातमा भारतले क्लिन स्वीप र्गयो। भाजपाले मध्यप्रदेशमा २९ मध्ये २८ र राजस्थानमा २५ मध्ये २४ सिटमा जिन्मुख छ। 

लोकसभा चुनावमा पाएको ऐतिहासिक सफलतासँगै भाजपा कार्यकर्ताले देशभर खुसी मनाएका छन्। दिल्लीस्थित मुख्यालयमा भएको एक कार्यक्रममा सम्वोदन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले यो आफ्नो मात्रै नभई लोकतन्त्रको जित भएको बताए। उनले दोस्रो पटक जितेपछि अम्रता नगुमाउने समेत बताए।

कमेन्ट लोड गर्नुस