सुदूर नेपाललाई विश्वसँग जोड्दै

जंगलमा लागेको आगोबाट बैतडीको दुई घरमा आगलागी 

२०८१ वैशाख ७, ०७:४४ खबर संवाददाता

बैतडीः जंगलमा लागेको आगोबाट बैतडीको दुई घरमा आगलागी भएको छ।

पञ्चेश्वर गाउँपालिका–४ भनकुडा स्थित जयबहादुर चन्दको ४ कोठे र ७ कोठे गरी २ वटा घरमा आगलागी भएको हो। सोही ठाँउ स्थित जंगलमा लागेको आगोबाट दुबै घरमा बिहीवार साँझ आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

आगलागी हुँदा घर भित्र रहेका काठ, भाडाबर्तन, लत्ताकपडा, खाद्यान्न, सोलार प्यानल लगायतका सामान गरि अन्दाजी ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको र उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस