सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिकता विधेयक खारेजीको माग गर्दै कैलालीबाट एक लाख हस्ताक्षर प्रधानमन्त्रीलाई

२०७६ जेठ ९, ०६:४७

नागरिकता विधेयक खारेजीको माग गर्दै कैलालीबाट एक लाख हस्ताक्षर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाईएको छ। सरकारले संसदमा लगेको नागरिकता विधेयक खारेज गर्न माग गर्दै जिल्लाका १३ वटै स्थानीय तहमा संकलन गरिएको एक लाख हस्ताक्षर आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मार्फत प्रधानमन्त्रीलाई पठाईएको हो। राष्ट्रिय जनमोर्चा र नेकपा (माले) ले जिल्लाभरी नागरिकता विधेयक विरुद्ध हस्ताक्षर संकलन गरेका थिए। 
 

कमेन्ट लोड गर्नुस