सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीकी १९ वर्षीया एक युवती लागूऔषधसहित पक्राउ

२०८१ वैशाख ६, ०७:३६ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीकी १९ वर्षीया एक युवती लागूऔषधसहित पक्राउ परेकी छिन्।

धनगढी उपमहानगरपालिका–२ ट्राफिक चोकबाट ८० मिलिग्राम अबैंध लागूऔषध (खैरो हेरोईन)सहित धनगढी उपमहानगरपालिका–३ बस्ने १९ वर्षीया आश्मा श्रेष्ठ बुधवार साँझ पक्राउ परेकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस