सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्‍यो

२०८१ वैशाख ६, ०५:५८ खबर संवाददाता

काठमाडौँ: नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पु¥याएको छ। एकीकृत समाजवादीको बुधवार बसेको सचिवालय बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो। 

यसअघि महाधिवेशन जेठ ३ देखि ७ गतेसम्म हुने भनिएकोमा आन्तरिक तयारी नपुगेकाले असारमा पु¥याएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। एकीकृत समाजवादीले जिल्ला कमिटी र केन्द्रको विश्लेषणका आधारमा महाधिवेशन मिति केही दिन पछि सारेको जनाएको छ।

कमेन्ट लोड गर्नुस