सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल टेलिकमको काटिएको फाइबर मर्मत सुरु

२०८१ वैशाख ५, ०७:१७ खबर संवाददाता

धनगढीः नेपाल टेलिकमको काटिएको फाइबर मर्मत गर्ने कार्य सुरु गरिएको छ।

लम्कीमा सडकमा काम गर्नेहरुले फाइबरमा क्षती पुर्याएको नेपाल टेलिकमको, प्रादेशिक निर्देशनालय, अत्तरियाका निर्देशक किशोर कुमार भट्टले बताए।

निर्देशक भट्टका अनुसार अहिले निर्माण कार्य भइरहेको छ। फाइबर काटिएकाले आज (बुधवार) नेपाल टेलिकमको सेवा सुदूरपश्चिममा प्रभावित भएको हो। बुधवार दिउँसोबाट नेपाल टेलिकमका सबै सेवाहरू प्रभावित भएका छन्। 

कमेन्ट लोड गर्नुस