सुदूर नेपाललाई विश्वसँग जोड्दै

सोडारीलाई मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय

२०८१ वैशाख ५, ०३:०२ खबर संवाददाता

धनगढीः नेकपा (एकीकृत समाजवादी) ले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दीर्घबहादुर सोडारीलाई अगाडि बढाउने निर्णय गरेको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालयको सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीका लागि अगाडि सार्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।

नेकपा एमालेले सुदूरपश्चिममा सोडारी बाहेकका व्यक्तिलाई मुख्यमन्त्री बनाउनुपर्ने विषय अघि सारेपछि सहमति जुट्न सकेको छैन।

कमेन्ट लोड गर्नुस