सुदूर नेपाललाई विश्वसँग जोड्दै

रहेनन गजलकार एवं गीतकार प्रकट पङ्गेनी

२०८१ वैशाख ४, ०९:४५

कास्की : पोखराका स्थापित एवं चर्चित गजलकार एवं गीतकार प्रकट पङ्गेनी ‘शिव’ को ७० वर्षको उमेरमा निधन भएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमवार अस्पताल भर्ना गरिएको र मणिपालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनको आज निधन भएको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए।

कास्कीको रुपा गाउँपालिका–५ स्थायी निवासी उनी जण्डिस र निमोनियाको  बिरामी थिए । स्व पङ्गेनीको बुधवार अन्त्येष्टि गरिने परिवारले जनाएको छ। स्व पङ्गेनीका ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुना’ लाई गरी दुई गीत सङ्ग्रह प्रकाशित छन्। 
यसबाहेक प्रणयवेदका ऋचाहरू (गजल सङ्ग्रह) र अक्षरभरि अक्षता (कविता सङ्ग्रह) उनका प्रकाशित कृतिहरू हुन्। उहनका श्रीमति, एक छोरा र एक छोरी छन्।

अस्पतालमा उपचारका क्रममा आर्थिक अभाव भएपछि सांस्कृतिक परिवारको अग्रसरतामा आजदेखि नै सहयोग रकम सङ्कलन अभियान सुरु भएको थियो। परिवारले  २५ हजार राखेर सुरु गरेको सो अभियानमा पोखरा महानगरपालिकाले  एक लाख सहयोग गर्ने घोषणा गरेको थियो।
 

कमेन्ट लोड गर्नुस