सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको निङ्गलाशैनी भगवती मन्दिरमा १८९ राँगाको बलि

२०८१ वैशाख ४, ०४:५४ खबर संवाददाता

बैतडीः बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा एक सय ८९ राँगा बोकाको बलि चडाइएको छ।

जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंस्थित निङ्गलाशैनी भगवती मन्दिरमा चैते–दशैँको अवसरमा मंगलबार एक सय ८९ राँगा र एक सय बोकाको बलि चडाइएको हो।

निङ्गलाशैनी भगवती मन्दिरमा जिल्लाकै सबैभन्दा बढी पशुबलि दिने गरिन्छ। भाकल अनुसार राँगा तथा बोकाको बलि दिने प्रचलन रही आएको निङ्गालशैनी धार्मीक सेवा समितिका कोषाध्यक्ष चक्रबहादुर  बोहराले  बताए।

कमेन्ट लोड गर्नुस