सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा आठवटा मोटरसाइकल नियन्त्रणमा, एक जना पक्राउ

२०८१ वैशाख ४, ०१:१६ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियामा प्रहरीले आठवटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।

अबैध सामान ढुवानी गर्न प्रयोग भएका ती मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो। साथै अबैध सामान आयातमा संलग्न ७ जना भागेको भए पनि एक जना भने पक्राउ परेका छन्। गोदावरी नगरपालिका–१ धनगढी रोडबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का ४० वर्षीय रामअवतार राना पक्राउ परेका हुन्।

उनलाई मोटरसाइकल र करिब पाँच लाख ५४ हजार पाँच सय मूल्यको अवैध सामानसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। प्रहरीका अनुसार ११ सय किलोग्राम प्याज र आठवटा मोटरसाइकलसहित रानालाई मंगलबार बिहान पक्राउ गरिएको छ। उनीसँगै अन्य ७ जना भने भागेका छन्। उनीहरुले प्रयोग गर्ने सातवटा मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। मोटरसाइकलसहित बरामद गरिएका सामान भन्सार कार्यालय पठाइने तयारी छ।

कमेन्ट लोड गर्नुस