सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरा र अछामका ५ जनाले भारतबाट दुई करोडको धनमाल चोरेको आरोप

२०७६ जेठ ९, ०३:२५ खबर संवाददाता

भारतको बैङलोरका नागराज रेड्डीको घरबाट झण्डै दुई करोडको धनमाल चोरेर ५ नेपाली फरार रहेको आरोप लागेको छ। रेड्डीको घरमा कार्यरत दुई नेपाली कामदार सहित अन्य तीन नेपाली मिलेर झन्डै दुई करोड बराबरको चोरी भएको आरोप लागेको हो। 
बाजुराको बुढीगंगा नगरपालिका–९ जुवापानीका हेमनाथ सिंह, उनकी पत्नी मान्डवी सिंह तथा बाजुरा जुवापानीकै दीपक भनिने जीवन, राजेन्द्र शाही र अछाम सेलागाउँका राजु शाहीले धनमाल चोरी गरेर फरार भएका हुन्। 

रेड्डी परिवारले बैङलौरस्थित प्रहरीमा किटानी जाहेरी दिएको छ। तीन किलो २ सय ५४ ग्राम सुनका गरगहना, १५ किलो चाँदीका गरगहना, पाँच लाख मूल्य बराबरका २३ थान घडी, डेढ लाख भारतीय रुपैयाँ बराबरको विदेशी रकम र ५ लाख भारतीय रुपैयाँ चोरी भएको भन्दै निवेदन दिएका छन्। रेड्डी परिवारले चोरीमा संग्लनलाई पक्राउ गरिदिन भन्दै काठमाडौंस्थित भारतीय दूतावासमा समेत निवेदन दिएका छन्। 
 

कमेन्ट लोड गर्नुस