सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट भन्सार छलीका सामान बरामद

२०८१ वैशाख ४, ०८:०८ खबर संवाददाता

धनगढीः कैलालीका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका-३ चटकपुरबाट, भजनी नगरपालिका-६ नवलपुर र टीकापुर नगरपालिका-१ सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ३९ हजार १ सय मूल्यको सामान बरामद गरिएको हो।

उक्त मूल्य बराबरको प्याज, सुर्ती, चिनी, खानेतेल लगायतका सामान सोमवार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो।

कमेन्ट लोड गर्नुस