धनगढीमा रहेको कपडा बैँङ्कलाई सहयोग

२०८१ वैशाख ३, ०७:०७
धनगढीः कैलालीको धनगढीमा रहेको कपडा बैँङ्कलाई सोमवार दुई जनाले सहयोग गरेका छन्।
धनगढी उपमहानगरपालिका–५ जाइका डाक्टर निरज पाण्डे र धनगढी–३ मित्रनगरका खेमराज भट्टले बैँङ्कलाई कपडा सहयोग गरेका हुन्। पाण्डेले ३१ थान र भट्टले ९० थान कपडा सहयोग गरेको बैँङ्क कर्मचारी खगेन्द्र केसीले बताए।


कमेन्ट लोड गर्नुस