सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट एक लाख बढीको अवैध सामान बरामद

२०८१ वैशाख ३, ०५:२६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले एक लाख बढीको अवैध सामान बरामद गरेको छ।

जिल्लाको भीमदत्त नगरपालिका–११ चौकीसत्ताबाट अन्दाजी एक लाख छ हजार दुई सय रुपैँया बराबरका ब्लाउजका कपडा, पोलिथिन, तेल, चरीको बिउ, चप्पल, मोटरसाइकलको ब्रेक, हेडलाईट, जिजर र कोराजिन किटनासक औषधी, लगायतका सामान बरामद गरेको हो।

बरामद गरेको सामान कारवाहीको लागी भन्सार कार्यालय गड्डाचौकी पठाएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस