सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट सामान बरामद

२०८१ वैशाख ३, ०८:०० खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

कैलालीको बिभिन्न स्थान धनगढी-२ ट्राफिक चौराह नजिकबाट र गोदावरी-१ मनहराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका सामान बरामद गरिएको हो। उक्त स्थानबाट अन्दाजी ९१ हजार ४४०  मूल्यको प्याज, सुर्ती, साडी, लेडिज सुट लगायतका सामान आईतवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो।

यसैगरी कञ्चनपुरको बेलौरी-८ कलकत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका १९ हजार ६ सय मूल्यको आलु, सिद्रा माछा, साईकल लगायतका सामान आईतवार प्रहरी चौकी पचुईबाट खटिएको टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। 

कमेन्ट लोड गर्नुस