सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

२०८१ वैशाख ३, ०७:४४ खबर संवाददाता

धनगढीः कैलालीमा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।

जिल्लाको लम्कीचहुा नगरपापलका–३ व्यवस्थितनगरको भित्रि सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको से २ त ६४० नम्बरको ट्याक्टरले पैदल यात्री सोही ठाउँका ५२ वषीृय केशरबहादुर रावललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो।

रावललाई आइतवार ठक्कर दिँदा उनको सेही दिन नै लालरत्न अस्पतालमा उपचारको क्रममा मुत्यु भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। ट्याक्टर र ट्याक्टर चालक जानकी गाउँपालिका–५ बस्ने ३० वर्षीय राजाराम चौधरीलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।   

कमेन्ट लोड गर्नुस