सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा गाउँपालिकाका निमित्त हाकिमले हाकिमको हाजिर च्यातेर फाले

२०७६ जेठ ९, १२:२९ खबर संवाददाता

कैलालीको जोशीपुर गाउँपालिकामा निमित्त हाकिमले प्रमुख प्रशासकिय अधिकृतको हाजिर च्यातेर फालेका छन्। जोशीपुर  गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद शर्माले केही दिन अघि मात्र प्रमुख प्रशासकिय अधिकृत भएर आएका मातृका प्रसाद भट्टराईले लगाएको हाजिर च्यातेर फालेको आरोप लागेको छ। अहिलेका प्रमुख प्रशासकिय अधिकृत भट्टराईले जेठ ७ गते आफू कार्यालयमा हाजिर लगाएर विदामा आएको बताएका छन् तर हाजिर रजिष्टरबाट भने उक्त पेज नै च्यातेर फालिएको छ । भट्टराई यसअघि कैलालीको जानकी गाउँपालिकामा कार्यरत रहेका थिए। 

यसअघि बैशाख २० गते सम्म गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत भएर काम गरेका नारायण बहादुर विष्टको हाजिर समेत गायब पारिएको छ। तर जोशीपुर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद शर्माले भने उक्त विषयमा आफूलाई कुनै जानकारी नै नभएको दावी गरे। उनले आफूले हाजिर रजिष्टर च्यातेको भनी लागेको आरोप गलत भएको जिकिर गरे। तर गाउँपालिकाको सामाजिक विकास शाखाका प्रमुख समेत रहेका शर्माले प्रमुख प्रशासकिय अधिकृतलाई काम गर्न नदिने वातावरण बनाउन हाजिर रजिष्टर नै च्यातेको अरोप लागेको छ।

हाजिर रजिष्टर च्यातेकै कारण बीहिबार १२ बजे सम्म पनि गाउँपालिकाका अन्य कर्मचारीले समेत हाजिर लगाउन नपाएको बताएका छन्। यस विषयमा गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीसंग बुझ्न खोज्दा उनी सम्पर्कमा आएनन् भने उपाध्यक्ष गीता कठरियाले आफूलाई जानकारी नै नभएको प्रतिक्रिया दिएकी छन्। स्थानीय तहमा जनप्रतिनिधीको स्वार्थ नमिलेपछि प्रमुख प्रशासकिय अधिकृतको परिवर्तन हुने क्रम बढ्दै गएको बताईदै आएका छ भने स्थानीय कर्मचारीका कारण निजामती कर्मचारी चेपुवामा पर्दै आएका छन्। 
 

कमेन्ट लोड गर्नुस