सुदूर नेपाललाई विश्वसँग जोड्दै

अफगानिस्तानमा भारी वर्षा हुँदा बाढीमा परी ३३ जनाको मृत्यु

२०८१ वैशाख २, ०९:४७ खबर संवाददाता

एजेन्सीः अफगानिस्तानमा तीन दिनदेखिको भारी वर्षा र बाढीबाट कम्तीमा ३३ जनाको मृत्यु भएको सरकारको प्रकोप व्यवस्थापन विभागले आइतवार बताएको छ।

“शुक्रबारदेखि परेको पानीका कारण अचानक बाढी आउँदा ठूलो मानवीय तथा वित्तीय क्षति भएको छ”, विभागका प्रवक्ता जनान सायेकले भने, “दुर्भाग्यवश ३३ जनाको मृत्यु र २७ जना घाइते भएको प्रारम्भिक जानकारीबाट थाहा भएको छ।”

सायेकका अनुसार अधिकांशको मृत्यु घरको छत खसेर भएका छन्। करिब छ सय घर क्षतिग्रस्त वा नष्ट भएका छन् भने करिब छ सय किलोमटर सडक भत्किएको छ। दुई हजार एकड कृषि भूमिमा बाढी पसेको छ। मुलुकका ३४ प्रान्तमध्ये करिब २० प्रान्तमा भारी वर्षा भएको छ। 
 

कमेन्ट लोड गर्नुस