सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक घरमा आगलागी हुँदा तीन लाख बराबरको क्षती

२०७६ जेठ ९, ११:४२

कैलालीमा एक घरमा आगलागी हुँदा ५१ हजार नगर सहित तीन लाख बराबरको क्षती भएको छ। जिल्लाको गौरिगंगा नगरपालिका वडा नम्बर ७ कैलाशपुरका पदमबहादुर दर्लामी मगरको घरमा आगलागी हुँदा तीन लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ।  ईलाका प्रहरी कार्यालय मसुरियाका अनुसार ५१ हजार नगद, ४० क्वीन्टल धान, १५ क्वीन्टल गहुँ, दुई क्वीन्टल तोरी, दुईवटा दराज, चारवटा पलङ, दुई टेवुल र तीन कुर्सी जलेर नष्ट भएका छन्। बुधबार विद्युत सर्ट नभएर घरमा आगो लागेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस