डोटीको एक घरमा आगलागी
२०८१ वैशाख २, ०८:३५
डोटीः डोटीको एक घरमा आगलागी भएको छ।
जिल्लाको बडिकेदार गाँउपालिका–२ कोटकेनीका टेकबहादुर मगरको खरले छाएको भान्सा घरमा आगलागी भएको हो।
चुलोमा बालेको आगोबाट शनिबार बिहान आगलागी हुँदा भान्सा घर र भित्र रहेका भाँडा, अन्न गरि करिब ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको हो। आगलागी स्थानीयको सहयोगमा नियन्त्रणमा ल्याउने काम भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
कमेन्ट लोड गर्नुस