सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसीसी प्रिमियर कपमा नेपालले कतारलाई दियो २११ रनको लक्ष्य

२०८१ वैशाख १, ०६:१६ खबर संवाददाता

एसीसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ।

ओमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २१० रन बनाएको हो।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले बिस्फोटक ब्याटिङ गर्दै ६४ रन जोडे। जम्मा २१ बल खेलेका उनले ७ छक्का र ३ चौकाको मद्दतमा ६४ रन बनाएका हुन्। त्यस्तै आसिफ शेखले ५२, कुशल मल्लले ३५, रोहित पौडेलले १८ र कुशल भुर्तेलले १२ रन जोडे।
 

कमेन्ट लोड गर्नुस