सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुष्मा स्वराजकी छोरी राजनीतिमा, बिजेपीले दियो दिल्लीको टिकट

२०८१ वैशाख १, ०३:३५ खबर संवाददाता

नयाँ दिल्लीः भारतमा एकछत्र शासन गरिरहेको सत्तारुढ भारतीय जनता पार्टीले कतिपय प्रभावशाली नेताहरुको टिकट खोसेर नयाँलाई दिइरहेको बेला सुष्मा स्वराजकी छोरीको राजनीतिमा डेब्यु भएको छ।

४ वर्षअघि निधन भएकी भारतकी तत्कालीन विदेशमन्त्री तथा चर्चित नेतृ सुष्मा स्वराजको विरासत पछ्याउँदै उनकी छोरी बाँसुरी स्वराजले टिकट हत्याएकी हुन्। भाजपाकी प्रभावशाली नेतृ तथा नरेन्द्र मोदी क्याबिनेटकी विदेश राज्यमन्त्री मिनाक्षी लेखीले जित्दै आएको दिल्लीको लोकसभा सिटबाट बाँसुरीलाई उम्मेदवार बनाउने निर्णय बिजेपीले गरेको छ।

आगामी मे महिनामा हुने दिल्लीको लोकसभा निर्वाचनमा बाँसुरीलाई अघि सारेर बिजेपीले सुष्मा स्वराजको परिवारलाई पार्टीमा अघि बढाउन खोजेको छ। मिनाक्षी लेखीको टिकट खोसिँदा उनको कुनै प्रतिक्रिया आएको छैन। यसअघि बरुण गान्धीको पनि टिकट खोसिएको थियो। पेशाले कानून व्यवसायी रहेकी बाँसुरीले आफूलाई जनताको आशिर्वाद मिलेको र मोदीको ग्यारेन्टी एजेण्डा अनुसार आफू राजनीतिमा आएको बताएकी छन्। –समाचार एजेन्सी

कमेन्ट लोड गर्नुस