सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपति पौडेलद्वारा सपनतीर्थमा पूजार्चना

२०८१ वैशाख १, १०:०७ खबर संवाददाता

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले टोखा नगरपालिकास्थित सपनतीर्थमा पूजा अर्चना गरेका छन्।

राष्ट्रपति पौडेललाई काठमाडौं क्षेत्र नं ५ का सांसद प्रदीप पौडेल, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसी, सपनातीर्थ क्षेत्र विकास समितिका अध्यक्ष देवराज डंगोललगायतले स्वागत गरेका थिए।

आज सपनतीर्थमा स्नान मेला पनि सुरु भएको छ। यहाँ स्नान गर्न काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागबाट भक्तजन आएका छन्। सपनतीर्थमा स्नान गरेपछि कुष्ठरोग निको हुने जनविश्वास छ। सपनतीर्थमा मेलासँगै टोखामा विस्का नखः (जात्रा) पनि सुरु भएको नेवा गुथिः टोखाका अध्यक्ष रमेश नापितले जानकारी दिए। जात्रा वैशाख ४ गतेसम्म सञ्चालन हुनेछ।

कमेन्ट लोड गर्नुस