सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पछाडिबाट टिप्परले जिपलाई ठक्कर दिँदा दुर्घटना 

२०८१ वैशाख १, ०९:४१ खबर संवाददाता

धनगढीः धनगढीमा पछाडिबाट टिप्परले जिपलाई ठक्कर दिँदा दुर्घटना भएको छ। शुक्रवार राति धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी चोकमा बा २ झ ३८९९ नम्बरको जिपलाई से १ प ९८५ नम्बरको टिप्परले पछाडिबाट ठक्कर दिएको थियो।

टिप्परको ठक्करबाट जिप चालक धनगढी–४ कै ४७ वर्षीय अमर बस्नेत घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले जानकारी दिए। बायाँ खुट्टा भाँचिएका बस्नेतको निसर्ग अस्पतालमा उपचार भइरहेको छ। टिप्पर र चालक ३५ वर्षीय यमराज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  
 

कमेन्ट लोड गर्नुस