सुदूर नेपाललाई विश्वसँग जोड्दै

चोरी मुद्दामा फरार रहेका डडेल्धुराको एक युवक पक्राउ 

२०८१ वैशाख १, ०८:५० खबर संवाददाता

डडेल्धुराः चोरी मुद्दामा फरार रहेका डडेल्धुराको एक युवक पक्राउ परेका छन्। डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरा बस्ने २८ वर्षीय तेज कैनी शुक्रवार पक्राउ परेका हुन्।

जिल्ला अदालत डडेल्धुराको फैसलाले चोरी मुद्दामा ३३ हजार जरिवाना ठहर भई फरार रहेका कैनीलाई प्रहरी चौकी पोखरा डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। फैसला कार्यान्वयनको लागि उनलाई प्रहरीले अदालतमा पेश गरेको छ।

कमेन्ट लोड गर्नुस