सुदूर नेपाललाई विश्वसँग जोड्दै

ठगी र चेक अनादर मुद्दामा दोषी रहेका धनगढीका दुई युवक पक्राउ 

२०८१ वैशाख १, ०७:४९ खबर संवाददाता

धनगढीः अदालतबाट दोषी ठहर भएका कैलालीको धनगढी उपमहानगरपालिकाका दुई युवक पक्राउ परेका छन्।

ठगी मुद्दामा १० हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–२ बस्ने २६ वर्षीय पारस मल्ल र चेक अनादर मुद्दामा १ हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–९ बस्ने ४२ वर्षीय शुशिल चौधरी पक्राउ परेका हुन्।

अदालतबाट दोषी ठहर तर फरार रहेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहराले बताए। दोषी ठहर दुबै जनालाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको छ।

कमेन्ट लोड गर्नुस