सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनेरास्ववियु कैलालीको अधिवेशन बैशाखमा हुने 

२०८० चैत्र ३०, ०८:५२ खबर संवाददाता

धनगढीः नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कैलालीको अधिवेशन बैशाखमा हुने भएको छ। अनेरास्ववियुको जिल्ला अधिवेशन आगामी बैशाख २८ र २९ गते हुने भएको हो।

बिहीबार बसेको अनेरास्ववियु कैलाली जिल्ला आयोजक कमिटीको निर्णयअनुसार अधिवेशन कैलालीको घोडाघोडी नगरपालिकास्थित सुखडमा हुने छ। अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने प्रचार प्रसार समितिका संयोजक तथा कैलाली जिल्ला सह–संयोजक नितिश जोशीले बताए।

कमेन्ट लोड गर्नुस