सुदूर नेपाललाई विश्वसँग जोड्दै

दक्षिण कोरियाको निर्वाचनमा विपक्षी दलका उम्मेदवार विजयी

२०८० चैत्र २९, ०४:४९ खबर संवाददाता

एजेन्सीः दक्षिण कोरियाको प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टी (डीपी)ले राष्ट्रियसभा चुनावमा बहुमत प्राप्त गरेको छ।

डीपीले सत्तारुढ पिपुल पावर पार्टी (पिपिपी)लाई पछि पार्दै विजय हासिल गरेको हो। यस चुनावी नतिजाले पिपिपीका तर्फबाट राष्ट्रपति भएका युन सुक योललाई पनि समस्यामा पारेको छ।

निर्वाचनमा प्रत्यक्ष तर्फका दुई सय ५४ सिटमध्ये डिपीले एक सय ६१ सिटमा जित हासिल गरेको छ भने भने सत्तारुढ पिपिपीले ९० सिट मात्र जित्न सफल भएको छ। समानुपातिक समेतका सिटहरू समावेस गर्दा विपक्षी डिपीले राष्ट्रियसभामा एक सय ७५ सिट जितेको छ। यसैगरि पिपिपी लगायतका गठबन्धन पार्टीले एक सय आठ सिट प्राप्त गरेको छ।

चार वर्षअघि भएको चुनावमा सहयोगी दल समेतको सहयोगमा डीपीले एकसय ८० सिट जितेको थियो भने पिपिपीले एकसय तीन सिट जितेको थियो। चुनावी नतिजा पछि पिपिपीका नेता हान डोङ–हूनले जनताको इच्छालाई गम्भीरतापूर्वक स्वीकार गर्दै पदबाट राजीनामा दिएका छन्।
 

कमेन्ट लोड गर्नुस