सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

२०८० चैत्र २८, ०३:३६ खबर संवाददाता

 

धनगढी ः कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–३ दमौरास्थित सडकमा सुदूरपश्चिम प्रदेश ०१००८ प २७४५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय ३३ वर्षीय लक्ष्मण भुलको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार ११ वर्षीय मनोज भुललाई उपचारको लागि माया मेट्रो अस्पताल धनगढी पठाइएको छ। मङ्गलवार राति साढे ११ बजेको समयमा दुर्घटना भएको प्रहरीले बताएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

कमेन्ट लोड गर्नुस