सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालले नाप्यो सगरमाथाको उचाइ

। फोटो स्रोत ।
२०७६ जेठ ८, ०४:१३

नेपालले पहिलो पटक सगरमाथाको उचाइ नापेको छ। बुधबार विहान ३ बजे सगरमाथा चुचुरोमा पुगेर नेपालको सर्वे टोलीले सगरमाथाको उचाइ नापेको  भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता सहसचिव  जनकराज जोशीले जानकारी दिए। उनका अनुसार, नापी अधिकृत खिमलाल गौतम, रविन कार्की र उनीहरुका गाइड नेपाल माउन्टेयरिङका प्रमुख छिरिङ जाङगु शेर्पा चुचुरोमा पुगेर सगरमाथा उचाइ नापेको हो। 

सो टोली नेपालतर्फको दक्षिण मोहोडाबाट चुचुरोमा पुगेको र टोली आजै फर्कने उनले् बताए। उनले भने, सगरमाथाको उचाइ कति छ भन्ने  ५ महिनापछि मात्रै थाहा हुनेछ। यसअघि सन् १९५४ मा भारतीय नापी विभागले सगरमाथाको उचाइ नापेको थियो। उनीहरुले सगरमाथाको उचाइ ८,८४८ मिटर मापन गरिएको थियो।  सन् १९९९ मा अमेरिकी टोलीले सगरमाथाको उचाइ मापन गरेको थियो। उक्त टोलीले सगरमाथाको उचाइ ८,८५० मिटर मापन गरेको थियो। 

दुई टोलीले सगरमाथाको उचाइ फरकफरक मापन गरेपछि नेपाल सरकारको टोलीले  आफैँ उचाइ नापेकोे हो। सगरमाथाको उचाइ नाप्न नापी टोली यही चैत्र २७ गते काठमाडौंबाट हिडेको थियो। 
 

कमेन्ट लोड गर्नुस