धनगढीको विजनेस कलेजले १४ महिनादेखि शैक्षिक प्रमाणपत्र नदिएपछि समस्या

विगतदेखि नै विवादमा आएको धनगढीको वेष्टर्न ईन्टरनेशनल विजनेस स्कुलले १४ महिनादेखि शैक्षिक प्रमाणपत्र नदिएपछि विद्यार्थी समस्यामा परेका छन्। २०७४ साल चैत महिनामा विविए अन्तिम बर्षको परिक्षा दिएका असिम ओझाले अहिले सम्म विजनेस स्कुलले शैक्षिक प्रमाणपत्र नदिएको गुनासो गरे। ट्रान्सक्रिप्ट र माईग्रेसन सर्टिफिकेट विजनेस स्कुलले गत बर्षको कार्तिक महिनामै दिनुपर्ने भएपनि अहिले सम्म नदिएको ओझाले गुनासो गरे। कार्तिकदेखि भोली, भोली भनेर अहिले सम्म शैक्षिक प्रमाणपत्र नदिएको उनको दावी छ। यता स्कुलका प्रवन्ध निर्देशक शैलेन्द्र सिंहले भने अमेरिकाबाट शैक्षिक प्रमाणपत्र आउन ढिलाई हुँदा समस्या भएको बताए।
अहिले एक हप्ता भित्रै ओझालाई शैक्षिक प्रमाणपत्र दिने दावी उनको छ। ओझाले जिल्ला प्रहरी कार्यालयमा गुनासो गरेपनि सिंहले एक साता भित्रै शैक्षिक प्रमाण पत्र दिने बताएका थिए तर २ साता हुँदा पनि दिईएको छैन्। यसअघि अमेरीकन युनिभर्सीटीबाट मानयता प्राप्त भएको भन्दै पढाई सुरु गरेपनि त्यस्तो नभेटिएपछि स्कुलकै २ जना विद्यार्थीले प्रहरीमा उजुरी दिएका थिए।




