सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट कक्षा ११ को परिक्षा दिने ६ जना नक्कली परिक्षार्थी पक्राउ

२०७६ जेठ ८, ०३:४८ खबर संवाददाता

धनगढीबाट कक्षा ११ को परिक्षा दिने ६ जना नक्कली परिक्षार्थी पक्राउ गरिएको छ। धनगढीको शारदा माविमा ११ को परिक्षा दिईरहेका ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। 
धनगढीका दर्पण शर्मा, कपिल तिवारी र भगवती पडालको परिक्षा दिईरहेका सन्तोष भट्ट, अविनाश दक्त र आशा थापालाई पक्राउ गरिएको उनले बताए। 

नक्कली परिक्षार्थीलाई पक्राउ गरेपछि उनीहरुले दिएको जानकारीको आधारमा परिक्षा दिन लगाउने गरि तीन जनालाई पनि पक्राउ गरिएको उनले बताए। नियमित चेकजाँचको क्रममा नक्कली परिक्षार्थी भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो। ६ जना विरुद्ध नै शिक्षा ऐन अन्तरगथत मुद्धा दर्ता भईसकेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस