कैलालीमा उप–मेयरलाई कार्यकक्षमै पुगेर ज्यान मार्ने धम्की

कैलालीको घोडाघोडी नगरपालिकाकी उप मेयर प्रेमकुमारी थापाले आफुलाई कार्यकक्षमै आएर दुई जनाले ज्यान मार्ने धम्की दिएको बताएकी छिन्। कार्यकक्षमा पुगेका अपरिचित २ जनाले ज्यान मार्ने धम्की दिएको उप मेयर थापाले बताईन्। कार्यकक्षमा पुगेर सुरुमा जागिर दिनुपर्ने र नभए चन्दा दिन पर्ने माग राखेको उनले बताईन्। जागिर वा चन्दा नदिए ज्यान मार्ने सम्मको धम्की दिएको उनको भनाई छ। अपरिचित व्यक्तिले त्यस्तै परे बलात्कार गर्न पनि पछि नपर्ने धम्की दिएको उपमेयर थापाले बताईन्। प्रहरीले ज्यान मार्ने धम्की दिनेहरुको खोजी भईरहेको जनाएको छ।




