सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको एक घरमा आगलागी 

२०८० चैत्र २७, ०७:३३ खबर संवाददाता

डोटीः डोटीको एक घरमा आगलागी भएको छ। पुर्बी चौकी गाउँपालिका-३ सेरागाउँ स्थित गगन सिंह खड्काको कच्ची घरमा बिजुलीको तार सट भएर सोमवार बिहान आगलागी भएको हो।

आगलागी हुदाँ घरसहित घर भित्र रहेका रहेका खाद्यान्न, लत्ताकपडा,फर्निचर, भाँडावर्तन, मोबाइल २ थान लगायतका सामान गरि अन्दाजी ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

आगलागीबाट मानविय तथा चौपाया क्षती नभएको र उक्त आगलागी स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
 

कमेन्ट लोड गर्नुस