सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्‍त्रीलाई गृह जिल्लामै कालो झन्डा, पूर्व स्ववीयु सभापतिलाई बल प्रयोग गर्दै निष्कासन

२०७६ जेठ ८, ०१:३० खबर संवाददाता

डोटीमा पूर्व स्ववीयु सभापतिलाई प्रहरीले बल प्रयोग गर्दै क्याम्पसबाट निष्कासन गरेको छ।  डोटी बहुमुखी क्याम्पसका पूर्व स्ववीयु सभापती गणेश बहादुर खड्कालाई प्रहरीले बल प्रयोग गरी निष्कासन गरेको हो। क्याम्पसको वार्षिकोत्सव समारोह चलिरहेका बेला मुख्यमन्त्री त्रिलोचन भट्टलाई कालो झण्डा देखाउन खोज्दा उनलाई निष्कासन गरिएको प्रहरीले जनाएको छ।

मुख्यमन्त्री भट्ट वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि रहेका छन्। क्याम्पसको हाताबाट बल प्रयोग गरी प्रहरीले खडकालाई निष्कासन गरिएपछि नेविसंघ सर्मथक विद्यार्थीहरुले विरोध गरेका छन्। 
 

 

कमेन्ट लोड गर्नुस