सुदूर नेपाललाई विश्वसँग जोड्दै

मृगौलाबाट पीडित बैतडीका एक किशोरको निधन

२०८० चैत्र २६, ०३:३५ खबर संवाददाता

बैतडीः दुबै मृगौला फेल भएर उपचार गराउँदै आएका बैतडीका एक किशोरको निधन भएको छ।

जिल्लाको डिलाशैनी गाउँपालिका–५ खोलिगाउँका धनदेव नाथका छोरा रमेश नाथको १९ वर्षको कलिलो उमेरमा निधन भएको हो। मृगौला पीडित नाथको उपचारको क्रममा काठमाण्डौँको बिर अस्पतालमा सोमवार निधन भएको हो। 

दुबै मृगौला फेल भएर उपचार गराइरहेका नाथको निधन भएको परिवारका सदस्यले बताएका छन्। उनलाई  बचाउन सामाजिक सञ्जाल फेसबुकमा आर्थिक अभियान पनि सञ्चालन गरिएको थियो। तर उनको उपचारकै क्रममा निधन भएको हो। केहि वर्ष पहिले नाथकी दिदीको पनि मृगौला फेल भएर निधन भएको थियो।

कमेन्ट लोड गर्नुस