सुदूर नेपाललाई विश्वसँग जोड्दै

मदिरा व्यवसायी संघ कैलालीको इसेवासँग भयो सम्झौता

२०८० चैत्र २६, ०२:०९ खबर संवाददाता

धनगढीः मदिरा व्यवसायी संघ कैलाली र इसेवा प्रालिबिच सम्झौता भएको छ। संघले इसेवासँग सम्झौता गरी आफ्ना सम्पूर्ण सदस्यहरुलाई इसेवा केयर प्याकेज उपलब्ध गराएको छ।

नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम आयोजना गरी संघ र इसेवाबिच इसेवा केयर प्याकेज प्रयोग गर्ने समझदारी भएको हो। संस्थाका अध्यक्ष प्रेम बहादुर धामीले बताए।

अबदेखि इसेवा केयर प्याकेज लिएका संघका सदस्यहरुले १ लाखसम्म दुर्घटना बीमा तथा १ लाख २० हजारसम्मको अन्य खर्च सहित वार्षिक २ लाख ३० हजार बढीको आर्थिक सुरक्षा पाउन सक्ने मदिरा व्यवसायी संघ कैलालीका महासचिव कमल बमले बताएका छन।
 

कमेन्ट लोड गर्नुस