सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट लागुऔषधसहित एक युवक पक्राउ

२०८० चैत्र २५, ०९:१४ खबर संवाददाता

धनगढीः धनगढीबाट एक युवक लागुऔषधसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–११ का २४ वर्षीय भगतराज राना रहेका छन्।

रानालाई धनगढी–२ बैयाहबेहडीबाट ३८० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटीएको संयुक्त टोलीलिे पक्राउ गरेको हो। रानालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस