कञ्चनपुरको भीमदत्तबाट अवैध सामान बरामद
कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले अवैध सामान बरामद गरेको छ।
भीमदत्त नगरपालिका–१० र ११ नम्बर वडा चौकीसत्ताबाट अन्दाजी एक लाख १७ हजार पाँच सय १८ रुपैँया बराबरका भन्सार छलीका चिनी, मिस्री, बिँडी, सुर्ती, नरिवल, तेल, चियापत्ती, सलाई, अचार, मसला, चरीको बिउ, लगायतका सामान बरामद गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ।
बरामद गरीएको सामान कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको छ।