सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुडानमा विद्रोहीको आक्रमणबाट २० जनाको मृत्यु

२०८० चैत्र २५, ०६:०१ खबर संवाददाता

एजेन्सीः सुडानको राजधानी खार्तूमबाट दक्षिणमा रहेको एक गाउँमा भएको आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय अधिकारकर्मीको समितिले आइतवार जनाएको छ।

¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ) ले शनिवार शहरबाट १५० किलोमिटर दक्षिणमा रहेको उम आदम गाउँमा आक्रमण गरेको स्थानीय प्रतिरोध समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। सुडानका सेना प्रमुख अब्देल फतह अल बुरहानको नेतृत्वमा रहेको सेना र उनका पूर्व सहायक मोहमद हमदान डग्लोको नेतृत्वमा रहेको आरएसएफबीच गत अप्रिल १५ देखि युद्ध सुरु भएको थियो।

शनिवारको आक्रमणमा २० भन्दा बढी व्यक्तिको मृत्यु भएको तर सबै जनाको मृत्युबारे पुष्टि भइसकेको छैन। आक्रमणमा परी २०० भन्दा बढी घाइते भएका छन्। गत डिसेम्बरमा खार्तूमको दक्षिणमा रहेको अल–जाजिरा राज्यकब्जा गरेयता आरएसएफले उम आदमजस्ता सम्पूर्ण गाउँलाई घेराबन्दी गरी आक्रमण गर्दै आएको छ। हालसम्मा संयुक्त राष्ट्रसङ्घका विज्ञहरूका अनुसार युद्धग्रस्त डार्फर क्षेत्रको एउटा सहरमा १५ हजारभन्दा बढी मानिस मारिएका छन्।
 

कमेन्ट लोड गर्नुस