पोखरीमा डुबेर दुई किशोरको मृत्यु
२०८० चैत्र २५, ०३:२५
धनकुटाः पोखरीमा डुबेर धनकुटामा दुई किशोरको मृत्यु भएको छ।
धनकुटा नगरपालिका–१० मार्गस्थित बिजय पोल्टी फार्म छेउमा रहेको पोखरीमा डुबेर सोही स्थानका राजेन्द्र खतिवडाको छोरा ११ वर्षीय मनिश खतिवडा र सोही नगरपालिका–९ का खेम ओझाको छोरा १५ वर्षीय दिपेश ओझाको मृत्यु भएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस