सुदूर नेपाललाई विश्वसँग जोड्दै

जनताले वर्तमान सरकारको विकल्प खोजिरहेको नेता पौडेलको भनाई

२०७६ जेठ ८, १२:३० खबर संवाददाता

धनगढी–नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले वर्तमान सरकारको विकल्प खोज्न थालिसकेको बताएका छन्। नेपाल प्रेस युनियन कैलालीले बुधबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले यस्तो बताएका हुन्। 
“दुईतिहाईको सरकारले जनताको चाहना अनुसार काम गर्न सकेन“, उनले भने, “जस्ले गर्दा वर्तमान सरकारको विकल्प खोज्न थालिएको छ।“

सरकार आफै भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै पौडेलले शान्ति सुरक्षा कायम गर्नमा पनि सरकार पूर्णरुपमा असफल भएको बताए। पौडेलले कांग्रेसले कुनै पनि हालतमा मिडिया काउन्सिल विधेयक पास गर्न नदिने दाबी गरे। 
 

कमेन्ट लोड गर्नुस