सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको चण्डीगढमा बैतडीका एकजनाको मृत्यु

२०८० चैत्र २५, १०:३२ खबर संवाददाता

बैतडीः बैतडीका एक जनाको भारतमा मृत्यु भएको छ।

रोजगारीको सिलसिलामा भारतमा रहेका जिल्लाको दशरथचन्द नगरपालिका–१ श्रीखण्ड घर भएका ४५ बर्षीय देवदत्त भट्टको चण्डीगढमा मृत्यु भएको एमालेका वडा कमिटि अध्यक्ष मदनसिंह भाटले बताए।

करीब ६ महिना अघिमात्रै रोजगारीका लागि भारत गएका भट्टको शुक्रबार मृत्यु भएको हो। उनको मृत्युको कारण भने खुल्न सकेको छैन्। मृतक भट्टको घरमा श्रीमती, दुई छोरी र एक छोरा छन्। नेपाल प्रहरीको हवलदार पदबाट सेवा निवृत भएपछि भट्ट रोजगारीका लागि भारत गएका थिए।

कमेन्ट लोड गर्नुस