सुदूर नेपाललाई विश्वसँग जोड्दै

देश समृद्ध बनाउन माओवादी घटक मिल्नुपर्छ: महासचिव विप्लव

२०८० चैत्र २५, ०७:४७ खबर संवाददाता

धनगढीः नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देश समृद्ध बनाउन माओवादी घटक मिल्नुपर्ने धारणा राखेका छन। 

सो पार्टी निकट युवा सङ्गठन  नेपालद्वारा शनिवार धनगढीमा आयोजित पाँचौँ राष्ट्रिय सम्मेलनमा उनले विभिन्न घटकमा छरिएका माओवादी मिल्नुपर्ने बेला आएको बताए।  “माओवादी मिल्नुपर्छ भन्ने झुपडी÷झुपडी र घर÷घरको आवाज छ। देश विकासका लागि माओवादी मिलिदिए हुन्थ्यो भन्ने जनताको चाहना छ”, उनले भने। उनले समाजवाद स्थापनाका लागि एक हुन आवश्यक रहेको बताए। 

समाजवादी मोर्चालाई व्यापक बनाउन जरुरी रहेको बताउँदै उनले समाजवादी मोर्चामा एमाले पनि आओस् भन्ने आफ्नो चाहना रहेको बताए। उनले देशका युवा निराश हुन नहुने बताउँदै देशका युवा निराशावादी नभइ आशावादी हुनुपर्ने बताए। “जुन देशका युवा निराश हुन्छन्। त्यो देशका जनताले दुःख पाउँछन्”,  उनले भने, “हाम्रा देशका युवा निराश हुनुपर्दैन। दुई छाक टार्नकै लागि विदेशिनु पर्दैन”, उनले भने, “हामी यहीँ काम गर्न सक्छौँ। तराईको जमिनमा मात्रै खेती गर्ने हो भने छ÷सात करोड मान्छेलाई खान पुग्छ।”
 

कमेन्ट लोड गर्नुस